थप २० जनामा कोरोना संक्रमण पुष्टि

नेपालभ्युज

थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही समयमा ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ५५२ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved