चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला परेनन्

नेपालभ्युज

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला परेनन्

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचारमा जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उनले यसपटक अवकास पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् । यसैबीच अर्काे एक समाचारमा राष्ट्रपति सी चिनफिङ अर्काे कार्यकालका लागि पनि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएको जनाइएको छ ।

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्यको सहभागिता थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved