मान्म–नाग्म सडक सञ्चालनमा समस्या

मान्म–नाग्म सडक सञ्चालनमा समस्या
फाइल तश्वीर

सुर्खेत। कर्णाली राजमार्गको कालीकोट जिल्लामा पर्ने मान्म–नाग्म सडक सञ्चालनमा समस्या भएको छ । असोज १९ गतेदेखि आएको वर्षा कारणले आएको बाढीपहिरोले सञ्चालनमा आउन समस्या भएको हो ।

कर्णाली राजमार्गको सुर्खेतदेखि कालीकोटको पिलीसम्म सडक सञ्चालनमा आए पनि कालीकोटको मान्मदेखि कालीकोट र जुम्लाको सिमाना रहेको नाग्म बजारसम्मको सडक सञ्चालनमा आउन नसेको छैन् ।

कालीकोटको मान्मदेखि नाग्मसम्मको ४५ किलोमिटर सडक खुलाउन समस्या रहेको तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । ‘खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाअन्तर्गत पर्ने सो खण्ड ५० भन्दा बढी ठाउँमा पहिरोले सडक क्षतविक्षत गराएको छ ।’ उनले भने,‘अबरुद्ध सडक खुलाउने प्रयास अहिले पनि जारी रहेको छ ।’

सडक खुलाउने प्रयास जारी रहेको कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए । ‘बल्लतल्ल कालीकोटको सेरीघाटलगायतका ठाउँको पहिरो पन्छाएर सदरमुकाम मान्मदेखि पिलीसम्मको सडक सञ्चालन आएको छ ।’ उनले भने,‘पहिरो पन्छाउनका लागि दुईवटा एक्साभेटर सञ्चालन भइरहेको छ ।’
कतिपय ठाउँमा तिला नदीले सडक कटान गरेकाले नयाँ सडक खोल्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘सात दिनसम्म आएको बर्षाले कालीकोटमा सडक, बिजुली, खानेपानी, विद्यालयलगाएतका भौतिक संरचनामा भत्काएको छ ।’ उनले भने, ‘धनजनको पनि ठूलो क्षति भएको छ ।’

मान्मदेखि नाग्मसम्मको सडक सञ्चालनमा नआउँदा खाद्यान्न अभाव हुनुका साथै दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि हुँदै गएको तिलागुफा नगरपालिका–१ नाग्म बजारका कर्ण पाण्डेले बताए । ‘सडक अबरुद्ध हुँदा आवत–जावतमा समस्या आउनुका साथै बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि हुँदै गएको छ ।’ उनले भने, ‘सडक समयमै खुलेन भने खानेतेल नुनलगाएत वस्तुको अभाव हुने देखिएको छ ।’

स्याउ कुहिने चिन्ता

सडक सञ्चालनमा नआउँदा कालीकोट र जुम्लाबाट निकासी हुने स्याउ पनि कुहिने अवस्था आएको तिलागुफा नगरपालिका–११ का स्याउ किसान मणि थापाले बताए । ‘तिहारका लागि स्याउ खरिद गरेर नेपालगञ्ज र सुर्खेत लैजाने बेला वर्षा भयो ।’ उनले भने,‘वर्षाका कारणले बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा नपु¥याएर स्याउ कुहिने अवस्था आएको छ ।’

९ वटा गाडीमा लोड भइसकेको स्याउ हिमा–१ आचार्य लिहीनजिकै अलपत्र परेको छ । सिंजा–६ का किसान मानबहादुर रोकायाले लोड गरिसकेको स्याउका गाडी रोकिएको २ हप्तादेखि बाटोमै रोकिएपछि कुहिने जोखिम बढेको बताए । ‘राजमार्ग कहिले खुल्ने हो थाहा छैन,’ उनले भने, ‘अब त बजारमा नपुग्दै स्याउ गाडीमै कुहिने खतरा भयो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved