खुल्यो ग्यापु टिकटक हिरोज ‘सिजन २’ को फारम, पुरस्कार रकम ३ लाख ५० हजार 

नेपालभ्युज

 खुल्यो ग्यापु टिकटक हिरोज ‘सिजन २’ को फारम, पुरस्कार रकम ३ लाख ५० हजार 

काठमाडौं। अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कात्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गई निशुल्क फारम भर्न सक्नेछन् । सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ ।

उत्कृष्ट एकसय जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए । उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्माले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved