मेगा बैंकको भू–सेवा केन्द्रबाट घरजग्गा रोक्का–फुकुवा अब बैंकबाटै

नेपालभ्युज

मेगा बैंकको भू–सेवा केन्द्रबाट घरजग्गा रोक्का–फुकुवा अब बैंकबाटै

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र संचालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र संचालनको अनुमति लिई घर–जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको मेगा बैंकले जनाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आयोजित समारोहमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । समझदारी पत्रमा मेगा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरे ।

भू–सेवा केन्द्र संचालनमा आएपछि घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरु अनलाइनमार्फत पेश गरे पुग्नेछ ।

बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरुलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास मेगा बैंकको पोखरेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved