सेयर बजारमा सामान्य गिरावट

नेपालभ्युज

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं। बिहीबार कारोबार दिन सेयर बजारमा एक अंकको सामान्य गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १.३८ अंकले गिरावट भएर १८४४.१४ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.०९ अंकले वृद्धि भएर ३६३.०५ अंकमा बन्द भएको छ ।

नेप्सेमा सामान्य गिरावट हुँदा व्यापार, विकास बैंक र लगानी उपसूचकमा वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । लगानीयोग्य स्रोत अभाव र बढ्दो ब्याजदरले गर्दा बजारमा लगानीकर्ता निष्किय बन्दै गएका छन् । जसले गर्दा बजारमा कारोबार रकम पनि न्यून हुँदै गएको छ । बिहीबार बजारमा १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ९० हजारको कारोबार भएको छ।

जसमध्ये अभियान लघुवित्तको सवार्धिक ३ करोड ६९ लाख ५३ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार र एभरेस्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । बिहीबार नेप्से सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै, बिन्दवासिनी हाइड्रोपावरको सेयर मूल्य ४.३७ प्रतिशत र विशाल बजार कम्पनीको सेयर मूल्य ४.०४ प्रतिशतले वृद्धि भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved