तिब्बत र नेपालको सीमा क्षेत्रमा केन्द्र बनाएर गयो ठूलो भूकम्प

नेपालभ्युज

तिब्बत र नेपालको सीमा क्षेत्रमा केन्द्र बनाएर गयो ठूलो भूकम्प

काठमाडौं । तिब्बतसँगको सीमा क्षेत्र सिन्धुपाल्चोकमा केन्द्र बनाएर आज बुधबार दिउँसो ३ बजेर सात मिनेट जाँदा ठुलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.९ म्याग्निच्युट थियो । यसले नेपालको मध्य र पश्चिमी क्षेत्रमा बढी हल्लाएको छ ।

भूकम्पको ठुलो धक्काका कारण काठमाडौंमा धेरै मानिस घरबाहिर निस्किएका थिए । यो २०७२ सालको विनाशकारी भूकम्पकै परकम्प भएको मापन केन्द्रका विज्ञ लोकविजय अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार भूकम्पको केन्द्र चीन-नेपाल सीमामा पर्छ ।

२०७२ सालको भूकम्पपछि हजारौं परकम्प गइसकेका छन् ।  भुकम्पको धक्का पश्चिममा बुटवलसम्म समेत महसुस गरिएको छ । तिव्रता धेरै भए पनि अहिलेसम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved