नेकपाको महासचिवमा पुन: विप्लव चयन

नेपालभ्युज

नेकपाको महासचिवमा पुन: विप्लव चयन
फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा पुन: नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन्। उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका छन्।

कपिलवस्तुमा भएको महाधिवेशनबाट महासचिवमा पुन: विप्लव चयन भएको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। विप्लव यसअघि पनि महासचिव थिए।

महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य पनि चयन गरेको छ।
नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुस्थित शिवगढीमा सुरू भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved