नेप्से २.६१ अंकले गिरावट, ५१ करोडमा झर्‍यो कारोबार

नेपालभ्युज

नेप्से २.६१ अंकले गिरावट, ५१ करोडमा झर्‍यो कारोबार

काठमाडौं। सोमबार बजार परिसूचक नेप्से घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.६१ अंक (०.१४ प्रतिशत) ले गिरावट भएर १८५६.३१ अंकमा बन्द भएको छ ।

नेप्से घट्दा बैंकिङ उपसूचक भने बढेको छ । बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।

यता कारोबार रकम भने घटेर ५१ करोडमा झरेको छ । आइतबार ८० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेर ५१ करोड ५८ लाख १९ हजारमा सीमित भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक २ करोड ७९ लाख १९ हजारको कारोबार हुँदा प्रभु बैंकको २ करोड ६१ लाख ८ हजारको कारोबार भएको छ ।

सोमबार सेयर बजारमा १८३ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको भने स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved