राष्ट्र बैंकले आज १८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै

नेपालभ्युज

राष्ट्र बैंकले आज १८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै
फाइल तश्वीर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लाागेको छ । भोलि कात्तिक १ गते जारी गर्ने गरी बैंकले ४ किसिमका कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो ।

बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । २८ दिने ट्रेजरीका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँ, १८२ दिनका लागि ५ करोड रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ ।

यसअघि, असोज २४ गते राष्ट्र बैंकले ४ किसिममा कुल १३ अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved