एउटै खाडलमा मृत भेटिए किशोरकिशोरी

एउटै खाडलमा मृत भेटिए किशोरकिशोरी
सांकेतिक तस्विर

दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँको जङ्गलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

उनका अनुसार उनीहरूको शव आज दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । तीन दिनअघि असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए ।

प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । उनीहरूको शवपरीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved