नामिबिया र नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजको लागि नेपाली टोली सार्वजनिक

नेपालभ्युज

नामिबिया र नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजको लागि नेपाली टोली सार्वजनिक

काठमाडौं। नामिबिया र नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको सार्वजनिक गरेको छ। नेपाल क्रिकेट संघ क्यानले टी–२० सिरिजको लागि रोहित कुमार पौडेलको कप्तानीमा १८ सदसीय टोली घोषणा गरेको हो। क्यानले सिरिजको खेल तालिका पनि सार्वजनिक गरेको छ।

२७ फेब्रुअरीमा हुने पहिलो खेलमा नेपाल र नामिबिया आमने सामने हुनेछन्। २८ फेब्रुअरीमा हुने दोस्रो खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ। २८ फेब्रुअरीमा हुने खेलमा नामिबिया र नेदरल्याण्ड्स भिड्नेछन्। १ मार्चमा नेपाल र नामिबियाले प्रतिस्पर्धा गर्नेछन्। २ मार्चमा नामिबिया र नेपाल भिड्नेछ।

३ मार्चमा नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ। फाइनल भने ५ मार्चमा हुनेछ। हरेक दिन त्रिवि अन्तर्राष्ट्रिय खेलमा ११ः ३० बजे खेल सुरु हुनेछ।

नेपाली टोली:

रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भूर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ शेख, अबिनाश बोहरा

खेल तालिका:

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved