सुनकोशी-मरिन डाइभर्सनको सुरुङ खन्ने कार्य सुरु, ऊर्जा मन्त्री भुसालले गरिन् उद्घाटन

नेपालभ्युज

सुनकोशी-मरिन डाइभर्सनको सुरुङ खन्ने कार्य सुरु, ऊर्जा मन्त्री भुसालले गरिन् उद्घाटन

काठमाडौं। सिन्धुलीमा निर्माणाधीन सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य सुरु भएको छ। उर्जा मन्त्री पम्फा भुसालले स्विच अन गरी सुनकोशी-मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उदघाटन गरेकी छिन्।

सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजबाट खन्न लागिएको हो। भेरी-बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो।

मरिन खोलबाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजबाट टनेलका लागि तालिका बनाएको छ।

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१ मेगाबाट बिजुली पनि उत्पादन हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved