बैंकिङ संस्था विरुद्ध वीरेन्द्रनगर बजार बन्द

नेपालभ्युज

बैंकिङ संस्था विरुद्ध वीरेन्द्रनगर बजार बन्द

सुर्खेत। बैंकिङ संस्थाहरूले ब्याजदर वृद्धि गरेकोविरुद्धमा वीरेन्द्रनगर बजार बन्द गरिएको छ। विभिन्न व्यवसायिक संघ-संस्थाहरूले सुर्खेतको वीरेन्द्रनगर बजार बन्दको आव्हान गरेका हुन्।

बैंकहरूले लिएको चर्को व्याजकाविरुद्ध सुर्खेत उद्योग वाणिज्य संघमा बिहिबार बसेको व्यवसायिक संघ संस्थाहरूको बैठकले वीरेन्द्रनगर बजार बन्दको आह्वान गर्ने निर्णय गरेको हो।

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले देशमा आर्थिक मन्दी भएको बेला अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिएको नीजि क्षेत्रमा भएको ऋण लगानीको व्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने र शूल्कका नाममा अनेकौं शूल्क लिएर आर्थिक भार थप्ने र ब्याजको किस्ताका लागि तारन्तर मानसिक दबाब दिने कार्यले नीजि क्षेत्र हत्तोत्साही भएको बताए। व्यवसायीहरू बैंकबाट आजित भएकाले विरोधस्वरुप बजार बन्दको आह्वान गरिएको उनले बताए।

बजार बन्द गर्नेहरूमा सुर्खेत उद्योण वाणिज्य संघ, नेपाल च्याम्बर अफ कमर्स सुर्खेत, नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेत, सुयक्त सार्वजनिक यातायात महासंघ, प्याब्सन सुर्खेत, एन प्याब्सन सुर्खेत, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, मध्यपश्चिम ट्रक तथा ट्याक्टर व्यवसायी संघ सुर्खेत र कर्णाली स्वयंसेवक दल सुर्खेत रहेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved