च्याम्पियन्स लिग : चेल्सीले मिलानलाई हरायो, पीएसजी बराबरीमा रोकियो

नेपालभ्युज

च्याम्पियन्स लिग : चेल्सीले मिलानलाई हरायो, पीएसजी बराबरीमा रोकियो

काठमाडौं। यूईएफले च्याम्पियन्स लिगमा चेल्सीले एसी मिलानलाई २-० गोलले हराएको छ ।

गएराति भएको खेलमा चेल्सीका लागि जोरगिन्हो र अवामेयाङले गोल गरे । चेल्सी समूह ई को शीर्ष स्थानमा र मिलान तेस्रो स्थानमा छ । गएराति नै भएका अरु खेलमा पीएसजी र बेन्फिकाले एक एक गोलको बराबरी खेलेका छन् ।

पीएसजीका लागि केलियन एम्बाप्पेले गोल गरे । यस्तै रियल मड्रिडले पनि सख्तर डोनेत्स्कसँग एक-एककै बराबरी खेल्यो । सेभिल्ला र बोरुसिया डर्टमन्ड तथा डाइनामो जाग्रिब र आरबी साल्जवर्गले पनि एक-एककै बराबरी खेले ।

म्यानचेस्टर सिटी र कोपनहेगनको खेल भने गोलरहित बराबरीमा सकियो । माकाबी हाइफाले युभेन्ट्सलाई र आरबी लाइपजिगले सेल्टिकलाई समान २-० गोलले हराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved