हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको ज्यान गयो

नेपालभ्युज

हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको ज्यान गयो

काठमाडौं। हुम्लामा पहिरोले घर पुरिँदा एकै घरका चारजनाको ज्यान गएको छ। घटना आइतबार दिउँसोको हो।

चंखेली गाउँपालिका-६ को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। उनका अनुसार ज्यान गुमाउनेहरू देउच्या सार्कीका परिवारका सदस्य हुन्।

पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको र ३ जना घाइते भएका छन्। प्रहरी चौकी मेल्छाम र सर्किगाडबाट गएको टोली र स्थानीयको सक्रियतामा घाइतेको उद्धार गरी स्वास्थ्यचौकीतर्फ लगिएको छ।

चारजनाको शव भने पुरिएकै अवस्थामा घरभित्र रहेको परियारले बताइन्। लगातार वर्षा भइरहेका कारण शव निकाल्न नसकिएको उनले जानकारी दिइन्।

पछिल्लो समय लगातारको वर्षाका कारण पहिरो जाँदा एकसाताको अवधिमा प्युठान, कालिकोट, काठमाडौं र हुम्लामा गरी १८ जनाको ज्यान गइसकेको छ।

सम्बन्धित समाचार

प्युठानको माण्डवीमा पहिरोले घर भासिँदा ६ जना बेपत्ता

ज्यान जोगाउन आफ्नो घर छाडे तर पहिरोले छाडेन

कालीकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved