प्युठानको माण्डवीमा पहिरोले घर भासिँदा ६ जना बेपत्ता

नेपालभ्युज

प्युठानको माण्डवीमा पहिरोले घर भासिँदा ६ जना बेपत्ता
फाइल तश्वीर

काठमाडौं। प्युठानको माण्डबी गाउँपालिका-४ मा पहिरोले घर भासिँदा ६ जना बेपत्ता भएका छन्।

नेपाली कांग्रेस प्युठानमा उपसभापति देवेन्द्र वर्माले माण्डवी गाउँपालिका- ४ फरण्डेमा शुक्रबार दिउँसो करिव साढे दुई बजे पहिरोले जाँदा घर भासिँएर ६ जना बेपत्ता भएको जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेमा ६० वर्षीय ओमबहादुर राई, ५५ वर्षीया उनकी श्रीमती, २१ वर्षीय टेकी राई मगर, १८ वर्षीया मौसमी थापा मगर, ४ वर्षीय सुसान राई र ६० वर्षीय हिराबहादुर थापा रहेका छन्।

लगातार बर्षा भइरहेकाले उद्दारमा कठिनाई भइरहेको वर्माले बताए। जिल्ला प्रहरी प्रमुख डीएसपी सुवाश खड्काले पहिरोले घर पुरिँदा ५-६ जना बेपत्ता भएको खबर आएको बताए।

उनले उद्दारका लागि प्रहरीको एक टोली घटनास्थलमा पुग्न लागेको र आफूसहितको टोली पनि बाटोमै रहेको जानकारी दिए। उनले घटनाको विस्तर्त विवरण घटनास्थलमा पुगेपछि मात्रै जानकारी हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved