कालीकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

तिलागुफा नगरपालिका वडा नं. ७ मा एउटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिए ।

नेपालभ्युज

कालीकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

कालीकोट । कालीकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका वडा नं. ७ मा एउटा घर पहिरोले बगाउँदा पुरिएर पाँच जना हराएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिए ।

स्थानीय ध्रुवराज विष्टको घर पहिरोले बगाउँदा उनको परिवारका पाँच जना हराएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । घटनास्थलमा जाने बाटो पहिरोका कारण बन्द भएकोले प्रहरीसहितको उद्धार टोली अझै त्यहाँ पुग्न सकेको छैन  । केही स्थानीयले प्रहरीलाई फोन गरेर ध्रुव विष्टको घर बगाएको र घरसँगै बगेका पाँच जना सम्पर्कविहिन भएको जानकारी दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved