धनुषामा हेभिवेटहरूको भीडन्त, १० पूर्वमन्त्री प्रतिस्पर्धामा

धनुषामा हेभिवेटहरूको भीडन्त, १० पूर्वमन्त्री प्रतिस्पर्धामा

जनकपुरधाम। धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा हेभिवेट नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्नेमा १० जना पूर्वमन्त्रीहरू रहेका छन् ।

धनुषा-१ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता मातृका यादवले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । पूर्वमन्त्री यादव माओवादी केन्द्रका उपमहासचिव हुन् ।

यादवसँग प्रतिस्पर्धा गर्न एमाले-जसपा गठबन्धनबाट जसपाका नेता नेता दिपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

धनुषा-२मा तीन पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रबाट एमालेका उमाशंकर अरगरिया, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामचन्द्र झाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरू तीनै जना पूर्वमन्त्री हुन् । त्यस्तै जसपाबाट गंगाराम यादवले समेत सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोलाई लोसपा नेता अनिलकुमार झाले टक्कर दिने भएका छन् । दुवै जना पूर्वमन्त्री हुन् । जुली एमाले जसपा गठबन्धनका उम्मेदवार हुन् भने झा सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

धनुषा-४ मा एमालेका सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट काँग्रेस नेता एवं पूर्वमन्त्री यादव र एमालेबाट पूर्वमन्त्री महासेठले धनुषा-४ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved