राष्ट्रपतिले गरिन् तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरिन् तीन विधेयक प्रमाणीकरण
फाइल तस्वीर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तीन विधेयक प्रमाणीकरण गरेकी छिन् ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रणामीकरण गरेको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रमाणित भएका विधेयकमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved