उम्मेदवारी दर्तापछि गगनले यस्तो भने…

नेपालभ्युज

उम्मेदवारी दर्तापछि गगनले यस्तो भने…

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर-४ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि चार ठाउँबाट उम्मेदवार सिफारिस भएका थापाले अन्तत: काठमाडौं क्षेत्र नम्बर ४ नै रोजेका हुन् ।

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफूमाथि विश्वास र भरोसा गरेर उम्मेदवार सिफारिस गरेको भन्दै धन्यवाद दिएका छन् ।

उनी सप्तरी क्षेत्र नम्बर १, कास्की क्षेत्र नम्बर-१ र सर्लाही क्षेत्र नम्बर ४ बाट पनि सिफारिस भएका थिए । काठमाडौं-४ ले आफूलाई पहिचान दिएकाले यो क्षेत्र रोजेको उनको भनाइ छ । उनले यसअघि प्राप्त अनुभवलाई पूणरूपमा सदुपयोग गर्दै काठमाडौं-४ को विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved