एमाले अध्यक्ष ओलीले झापा पुगेर गराए उम्मेदवारी मनोनयन दर्ता

उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष ओलीले संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

नेपालभ्युज

एमाले अध्यक्ष ओलीले झापा पुगेर गराए उम्मेदवारी मनोनयन दर्ता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । अध्यक्ष ओलीले आइतबार दिउँसो दमक स्थिति मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर  झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष ओलीले संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । आफूलाई रुघा लागेकाले धेरै नबोल्ने भन्दै उनले आज देशैभरी नै उम्मेदवारी मनोनयनको काम भइरहेको र यसैक्रममा आफू पनि झापा आएको बताए ।

अध्यक्ष ओलीसँग भिड्न गठबन्धनका तर्फबाट कांग्रेसले डा. खगेन्द्र अधिकारीलाई अघि सारेको छ । २०७४ को चुनावमा ओलीले अधिकारीलाई नै हराएका थिए । तर अघिल्लो पटक वाम गठबन्धन बनेको थियो । यसपटक एमालेले राप्रपासँग तालमेल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved