अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमण, कम्तिमा १९ को मृत्यु

एउटा एजुकेशन सेन्टरमा भएको विष्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । कैयौं घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी क्षेत्रमा अवस्थित काज एजुकेशन सेन्टरमा परीक्षा चलिरहेका बेला विष्फोट भएको हो ।

नेपालभ्युज

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमण, कम्तिमा १९ को मृत्यु
फाइल फोटो

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा केहीबेरअघि शक्तिशाली आत्मघाती बम विष्फोट भएको छ ।

एउटा एजुकेशन सेन्टरमा भएको विष्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । कैयौं घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी क्षेत्रमा अवस्थित काज एजुकेशन सेन्टरमा परीक्षा चलिरहेका बेला विष्फोट भएको हो ।

उक्त क्षेत्रमा अधिकांश अल्पसंख्यक हजारा समूदायका मानिस बसोबास गर्छन् । उनीहरुलाई नै लक्षित गरेर विष्फोट गराइएको हो । घटनाको तालिबानले निन्दा गरेको छ ।

अफगान गृह मन्त्रालयले आम नागरिकमाथि गरिएको यो आक्रमण अमानवीय र क्रुर भएको प्रतिक्रिया दिएको छ । अफगानिस्तानमा गत वर्ष तालिबान सत्तामा फर्किएको थियो । त्यसलगत्तै हिंशाका घटनामा कमी आएपनि इस्लामिक स्टेट आइएसले यस्ता विष्फोट गराउँदै आएको छ ।

यो क्षेत्रमा यसअघि पनि आक्रमण हुँदै आएको छ । गत वर्ष तालिबान सत्तामा फर्किएलगत्तै महिलाको एक विद्यालयमा भएको आक्रमणमा ८५ जनाको ज्यान गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved