राष्ट्रपति विरुद्धका रिटमा आज सुनुवाइ हुन सकेन, आइतबार हुने

नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिटमा आज सुनुवाइ हुन सकेन। समय अभावका कारण सुनुवाइ नभएपछि आइतबारका लागि सारिएको छ ।

नेपालभ्युज

राष्ट्रपति विरुद्धका रिटमा आज सुनुवाइ हुन सकेन, आइतबार हुने

काठमाडौं। नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिटमा आज शुक्रबार सुनुवाइ हुन सकेन। समय अभावका कारण आज सुनुवाइ हुन नसकेपछि आइतबारका लागि सारिएको छ ।

अब राष्ट्रपति विरुद्धका रिटमा आइतबार सुनुवाइ हुने अधिवक्ता सुनिलकुमार यादवले जानकारी दिए।

नागरिकता विधेयक प्रमाणीकरणका लागि आदेश दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ६ वटा रिट परेका छन्। सबै रिटमाथि आइतबार सुनुवाइ हुने भएको छ।

राष्ट्रपति विरुद्ध अधिवक्ताहरू सुनिल रञ्जन सिंह, सुनिलकुमार यादव, देव शर्मा र शोनु रौनियार लगायतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले नागरिकता विधेयक पारित गरेर राष्ट्रपति समक्ष पठाएको थियो। राष्ट्रपति भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved