टुकुचा खोज्ने अभियान रोकेसँगै अदालतलाई बालेनको प्रश्न

नेपालभ्युज

टुकुचा खोज्ने अभियान रोकेसँगै अदालतलाई बालेनको प्रश्न

काठमाडौं ।   उच्च अदालत पाटनले बुधवार  हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल  नभत्काउन आदेश दिएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतलाई प्रश्न गरेका छन् ।

मेयर  शाहले अदालतले यस्तो आदेश दिएसँगै बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा( इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ बालेनले प्रश्न गरेका छन् ।

बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुर्‍याउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतको यो आदेशसँगै काठमाडौं महानगरपालिकाको टुकुचा खोला  खोज्ने अभियान असोज २६ गतेसम्म रोकिने भएको छ ।


Comment

One thought on “टुकुचा खोज्ने अभियान रोकेसँगै अदालतलाई बालेनको प्रश्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved