नागरिकता विधेयक प्रमाणीकरणका लागि आज अन्तिम दिन, के गर्लिन राष्ट्रपति ?

 राष्ट्रपति कार्यालय स्रोतले भने संविधान अनुसार नै काम हुने भन्दै अन्तिम समयसम्म पनि परामर्श जारी रहेको बताएको छ। राष्ट्रपतिले अन्तिम दिन पनि विभिन्न पक्षसँग परामर्ष गरिरहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् ।

नेपालभ्युज

नागरिकता विधेयक प्रमाणीकरणका लागि आज अन्तिम दिन, के गर्लिन राष्ट्रपति ?

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा आज मंगलबार राति सकिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले के गर्छिन भन्ने अझै स्पष्ट भएको छैन ।

राष्ट्रपति कार्यालय स्रोतले भने संविधान अनुसार नै काम हुने भन्दै अन्तिम समयसम्म पनि परामर्श जारी रहेको बताएको छ। राष्ट्रपतिले अन्तिम दिन पनि विभिन्न पक्षसँग परामर्ष गरिरहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी पुनर्विचारका लागि पठाए पनि संसद्ले कुनै हेरफेर नगरी पारित गरेर विधेयक पुनः राष्ट्रपति कार्यालयमा पठाएको थियो।

संविधानको धारा ११३ ले अर्थ विधेयकबाहेक अन्यमा पुनर्विचार हुन आवश्यक ठानेमा राष्ट्रपतिले सन्देशसहित एक पटक संसद्‌मा फिर्ता पठाउन सक्ने अधिकार दिएको छ। यसरी राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकमाथि दुवै सदनले सच्याउनै पर्ने बाध्यता नहुने संविधानमा उल्लेख छ।

राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्नैपर्ने वाध्यता रहेको कानुनविद् बताउँछन् । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रपतिलाई यसमा स्वविवेकीय अधिकार प्रयोग गर्ने संविधानले अधिकार नदिएको बताउँछन्।

विधेयकमा चित्त नबुझे राष्ट्रपतिले राजीनामा दिन सक्ने तर पदमा रहेर प्रमाणीकरण नगर्ने अधिकार नभएको केसीको तर्क छ।

यसअघि राष्ट्रपतिले राजीनामा गर्न सक्ने चर्चा पनि चलेको थियो । तर अहिले त्यो सेलाएको छ । त्यसैले मंगलबार राति राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने स्रोतको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved