मंगलबार नेप्सेमा ३८.८१ अंकको गिरावट

नेपालभ्युज

मंगलबार नेप्सेमा ३८.८१ अंकको गिरावट

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेप्से ३८.८१ अंकले गिरावट आई १८३७.६० अंकमा बन्द भएको छ ।   आज नेप्सेसँगै सबै उपसूचक घटेको भएको छ । जसमध्ये वित्त कम्पनी उपसूचक सबैभन्दा धेरै ३.८३ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा लगातार गिरावट हुँदा कारोबार रकम पनि पछिल्लो केही महिनायता १ अर्बकै हाराहारीमा रहेको छ । गत साता १ अर्बबाट पनि तल लागेको कारोबार रकम आइतबार बढेर १ अर्ब ६० करोड पुगेको थियो ।

मंगलबार पुनः घटेर १ अर्ब २३ करोडमा सीमित भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको ५ करोड ६५ लाखको कारोबार हुँदा रिडी हाइड्रोपावरको ५ करोड ३५ लाखको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको करिब ४ करोड ७४ लाखको कारोबार भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved