विकट स्थान छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा शुभारम्भ

नेपालभ्युज

विकट स्थान छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा शुभारम्भ

काठमाडौं। नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो ।

यससँगै नेपाल टेलिकमको फोरजी सेवापश्चिम नेपालको अन्तिम सीमाना सम्म पुगेको छ । फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुलाजिल्लाको महाकाली नगरपालिका स्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्तीहुँदै छाङरु सम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।

अब छाङरुमा रहेकाकरिव १२० जति घरधुरी र ७ सय जति जनसंख्यातथाअन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अब छाङरुको वरिपरि रहेकालिपुलेक, कालापानी रलिम्पियाधुरा क्षेत्रकागुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमानासम्म फोरजीको पहुँच पुगेको छ ।

नेपाल टेलिकमले सञ्चालनमाल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइल मार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्पतथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् । विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार नेपाल टेलिकमले देशका विभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रुपमा छाङरुमा समेत सेवा उपलब्ध भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved