केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्धारा सपथ ग्रहण

नेपालभ्युज

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्धारा सपथ ग्रहण

नैरोबी ।  केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले सपथ खाएका छन् ।

नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ खुवाउनका लागि राजधानी नैरोबीमा मङ्गलबार विषेश समारोहको आयोजना गरिएको थियो ।

समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए । केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तर लगायतमा सुधार ल्याउने प्रतिवद्धता गरेका छन् ।

सन् १९६६ मा जन्मिएका रुटोले गत अगस्ट ९ मा भएको राष्ट्रपतिय निर्वाचनमा जित हासिल गरेका हुन् ।

उनले विपक्षी दलका नेता राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । पराजित  भएका नेताले निर्वाचन धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेका थियो । तर सर्वोच्च अदालतले भने निर्वाचन परिणाम सही नै भएको फैसला गरेको छ ।

कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गरेका छन्  । सिन्ह्रा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved