प्रभु बैंकका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा छुट

नेपालभ्युज

प्रभु बैंकका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्चबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रोफेसर डा. रवीन्द्रप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले गण्डकी मेडिकल कलेजद्वारा सञ्चालित हस्पिटल सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

यस सम्झौताअन्तर्गत गण्डकी मेडिकल कलेजमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा गण्डकी मेडिकल कलेजका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved