राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

नेपालभ्युज

राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै
फाइल तश्वीर

काठमाडौं। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १० अर्बको ट्रेजरी मंगलबार बिक्री गर्न लागेको हो ।

सार्वजनिक बोलकबोलमार्फत दुई किसिमको बिल बिक्री गर्न लागेको बैंकले समान ५-५ अर्ब रुपैयाँ छुट्याएको छ ।

यसअघि, बैंकले भदौ २० गते ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । जसमा न्यूनतम ८.८३९९ प्रतिशत र अधिकतममा ९.२००० प्रतिशतमा ९.०५९० प्रतिशतको कटअफ ब्याजदरमा बैंकले ट्रेजरी बिक्री गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved