समानुपातिक उम्मेदवारको बन्दसूची संशोसन गर्न एक हप्ताको समय

 निर्वाचन आयोगले विज्ञप्ती निकालेर बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको हो ।

नेपालभ्युज

समानुपातिक उम्मेदवारको बन्दसूची संशोसन गर्न एक हप्ताको समय
फाइल फोटो

काठमाडौं।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको छ । निर्वाचन आयोगले विज्ञप्ती निकालेर बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको हो ।

उम्मेदवारको बन्दसूची आगामी असोज २ देखि ३ गतेसम्म बुझाउने समय निर्धारण गरी आयोगले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ ।  बन्दसूची छानविन गरी दलहरुलाई सच्याउने समय पनि प्रदान गरिएको छ । असोज ४ देखि ९ गतेसम्म बन्दसूची सच्याउने समय दिने निर्णय आयोगले गरेको छ ।

“कानूनी व्यवस्था तथा निर्वाचन कार्यक्रम बमोजिम राजनीतिक दलहरुले २०७९-०६-०२ र ०६-०३ मा उम्मेदवारको बन्दसूची पेश गर्दा आवश्यक कागजातहरु संलग्न राखी सम्बन्धित कानूनी व्यवस्था बमोजिमको संख्यामा समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्रतिनिधित्व हुनेगरी उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने छ”,  जारी विज्ञप्तिमा भनिएको छ ।

बन्दसूची पेश गर्दा नियमावली तथा निर्देशिकामा उल्लेख भएबमोजिमको विधि, प्रक्रिया पूरा नभएको वा संलग्न गर्नुपर्ने कागजात संलग्न नभएको अवस्थामा त्यस्तो बन्दसूची दर्ता नहुने पनि उल्लेछ छ । तोकिएको व्यवस्था बमोजिम प्रक्रिया पूरा गरी बन्दसूची पेश गर्न उहाँले राजनीतिक दललाई अनुरोध गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved