निर्वाचनमा एमालेको कुनै दलसँग तालमेल हुँदैन : महासचिव पोखरेल

नेपालभ्युज

निर्वाचनमा एमालेको कुनै दलसँग तालमेल हुँदैन : महासचिव पोखरेल

भक्तपुर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने बताएका छन् ।

शुक्रबार भक्तपुरमा राष्ट्रिय युवा सङ्घ नेपाल वागमती प्रदेशसभाको प्रथम अधिवेशन तथा प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा उनले पार्टीले राजनीतिकरुपमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका  हुन् ।

जिल्लास्तरमा अवस्था र आवश्यकता हेरेर पार्टी जिल्ला कमिटीको चाहनामा तालमेल गर्न पार्टी केन्द्रीय कमिटीले भने नरोक्ने उनले बताए। कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुरमा गठबन्धनले कुनै असर नगर्ने बताउँदै कार्यकर्ता एकढिक्का भएर चुनावमा होमिन निर्देशन दिए ।

त्यसअवसरमा युवा सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, युवा सङ्घका विभिन्न नेताहरुले निर्वाचनमा युवाले खेल्नुपर्ने भूमिकाकाबारेमा चर्चा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved