बेलायती महारानी एलिजाबेथ द्वितीय चिकित्सकको निगरानीमा

नेपालभ्युज

बेलायती महारानी एलिजाबेथ द्वितीय चिकित्सकको निगरानीमा

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्यमा समस्या देखिएको छ । महारानी एलिजाबेथ हाल स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहेकी छन् ।

चिकित्सकहरूले उनको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

‘आज बिहान थप परीक्षणपछि उहाँलाई मेडिकल सुपरीवेक्षणमा रहन सिफारिस गरिएको,’ बकिंघम प्यालेसले जारी गरेको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

९६ वर्षीय महारानीको स्वास्थ्य अवस्थाबारे थप केही बताइएको छैन । राजपरिवारका सदस्यहरु महारानीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन दरबार पुग्ने क्रममा रहेको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved