नेपालमा पनि मनाइयो बाबा रामदेवजीको जन्मोत्सव

बाबा रामदेव जी (बाबा रामदेव, रामसा पीर, रामदेव महाराज) भारतको राजस्थान, गुजरातलगायत धेरै राज्यका लोक देवता हुन्। भारतका धेरै राज्यहरूमा पूजा गरिने उनको जन्मोत्सव नेपालमा पनि भव्यतापूर्वक मनाइएको छ।

नेपालभ्युज

नेपालमा पनि मनाइयो बाबा रामदेवजीको जन्मोत्सव

काठमाडौं। बाबा रामदेव जी (बाबा रामदेव, रामसा पीर, रामदेव महाराज) भारतको राजस्थान, गुजरातलगायत धेरै राज्यका लोक देवता हुन्। भारतका धेरै राज्यहरूमा पूजा गरिने उनको जन्मोत्सव नेपालमा पनि भव्यतापूर्वक मनाइएको छ।

भाद्रपद शुक्ल पक्षको दोस्रो दिनदेखि दशैंसम्म भव्य रूपमा मनाइने उनको जन्मोत्सवको सन्दर्भ पारेर अग्रवाल भवन कमलपोखरीमा  मनाइएको हो।

श्री बाबा रामदेव भक्त मण्डल काठमाडौंको आयोजना भएको कार्यक्रममा राजस्थानका चर्चित हास्य कलाकार मुरारी लाल पारिकलगायतका कलाकार आएका छन्। कार्यक्रममा चर्चित भजनगायक अनिल सेनले भजन प्रस्तुत गरेका थिए।
बाबा रामदेवको जन्मोत्सव अवसरमा पुर्व पराष्ट्रपति परमानन्द झा र कांग्रेस महामन्त्री, गगन थापा समेत सहभागी थिए।

चौधौं शताब्दीका शासक बाबा रामदेवमा चमत्कारी शक्तिहरू रहेको विश्वास गरिएको छ। विष्णुको अवतार मानिएका उनले आफ्नो सम्पूर्ण जीवन गरिब र पीडितको उत्थानमा समर्पित गरेका मानिन्छ।

भारतका धेरै समाजहरूले उनलाई आफ्नो प्रमुख देवताको रूपमा पूजा गर्छन्। बाबा रामदेवजीलाई मुस्लिमहरूले पनि पुज्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved