महानगर अब असनतिर, अवैध संरचना हटाउँदै

नेपालभ्युज

महानगर अब असनतिर, अवैध संरचना हटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका अवैधरूपमा राखिएका व्यापार र संरचना हटाउन थालेको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकामा  अव्यवस्थित रूपमा सञ्चालन भइरहेका पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसल पनि हटाउन सुरु गरेको हो ।

यस्तै,  महानगरले असनमा फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्री, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री भोलि बिहानसम्म हटाउन भनेको छ । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको छ । ।

सडकपेटीसम्म राखेका पसल भोलिसम्म नहटाए आफूहरुले नै हटाउने उनले बताए । अहिले असन क्षेत्रमा माइकिङ गरेर फुटपाथ खाली गर्न महानगरले आग्रह गरिरहेको छ । साँघुरा गल्लीमा सडकसम्मै ल्याएर थापिएका पसलले नागरिकलाई आउजाउमै समस्या हुने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved