केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना

नेपालभ्युज

केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। आज मङ्गलबार देशका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।  देशको पूर्वी क्षेत्रको मौसम बदली रही प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बाँकी ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पूर्वी क्षेत्रमा रहेकाले विशेषगरी अबको केही दिन पूर्वी क्षेत्रको मौसम बदली भइ पानी पर्ने सम्भावना छ  ।

कर्णाली, सुदूरपश्चिमलगायतका ठाउँमा पानी पर्ने सम्भावना खासै छैन । यी प्रदेशमा दिउँसो चर्को घाम लाग्नेछ भने राति सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved