सभामुखले पुन‌: राष्ट्रपतिकहाँ पठाए नागरिकता विधेयक

नेपालभ्युज

सभामुखले पुन‌: राष्ट्रपतिकहाँ पठाए नागरिकता विधेयक

काठमाडौं । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक पुन: प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका छन् ।

सभामुख सापकोटाले ले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको उनको सचिवालयले बताएको छ ।

राष्ट्रपति भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि र राष्ट्रिय सभाबाट हुबहु पारित भएपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् ।

राष्ट्रपति भण्डारीले २९ साउनमा विधेयक फिर्ता गरेकी थिइन् । संविधानमा व्यवस्था भए अनुरुप  नागरिकता विधेयकलाई  अब राष्ट्रपति भण्डारीले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेछ ।

‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’ संविधानको धारा ११३ उपधारा (४) मा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved