राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास छः गृहमन्त्री खाँण

नेपालभ्युज

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास छः गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित विधेयक आइतबार पुनः राष्ट्रपतिसमक्ष पेश गर्ने गृहमन्त्री खाँणले जानकारी दिए ।

शनिबार भैरहवामा आयोजित सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघको दोस्रो साधारण सभामा गृहमन्त्री खाँणले भने, ‘संविधानको धारा ११ मा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले नागरिकता बिधेयक ल्याएको हो ।’

राष्ट्रपतिले संविधान बमोजिम एकपटक विधेयकलाई संसदमा फिर्ता पठाएको खाँणको तर्क थियो । राष्ट्रियसभाले समेत पारित गरेको विधेयकलाई पुनः आइतबार राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गर्ने उनले विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved