नागरिकता विधेयकमा बोल्ने सांसदलाई चाहेजति समय, अर्को बैठक शुक्रबार ३ बजे

नेपालभ्युज

नागरिकता विधेयकमा बोल्ने सांसदलाई चाहेजति समय, अर्को बैठक शुक्रबार ३ बजे

काठमाडौं । राष्ट्रिय सभामा अहिले नागरिकता विधेयकमाथि छलफल भइरहेको छ । उक्त विधेयकलाई पारित गर्ने कार्यसूची आज (विहीबार)का लागि तय गरिएको थियो ।

छलफलका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बोल्ने सांसदहरूका लागि समय तोकेनन् । समय खुल्ला राखेपछि बिहीबार विधेयकमाथि सांसदहरुले आवश्यक समय लिएर बोले ।

विधेयकमाथि धारणा राख्ने सांसदको नाम नसकिएपछि अर्को बैठकमा निरन्तरता दिइने भन्दै अध्यक्ष तिमिल्सिनाले विहीबारको बैठक स्थगित गरे ।

राष्ट्रियसभाको अर्को बैठक भदौ १७ गते ३ बजेलाई तोकिएको छ । नागरिकता विधेयकलाई सत्तारुढ गठबन्धनले तत्काल अगाडि बढाउने रणनीति लिए पनि एमालेले यसलाई रोक्ने नीति अख्तियार गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सांसद बोल्ने समय नतोकी खुल्ला छाड्नुलाई यही नीतिको अंगको रूपमा सत्तारूढ गठबन्धनले लिएको छ ।

शुक्रबारको बैठकमा सांसदले मत राखिसकेपछि यो प्रस्ताव पारितको लागि प्रक्रियामा जानेछ । राष्ट्रियसभाबाट पारित भएको अवस्थामा यो विधेयक पुनः प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठाइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved