उपचारमा ढिलाइले गर्भवतीको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन राजीनामा

भारतबाट घुम्न गएकी ३४ वर्षकी एक गर्भवती महिलाको पोर्चुगलमा एउटा अस्पतालबाट अर्कोमा सार्ने क्रममा हृदयघात भएर मृत्यु भएको बताइएको छ । लगत्तै स्वास्थ्यमन्त्री टेमिडोले पदबाट राजीनामा दिएकी हुन् ।

नेपालभ्युज

उपचारमा ढिलाइले गर्भवतीको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन राजीनामा

काठमाडौं । अस्पतालमा बेड नपाउँदा एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्टा टेमिडोले राजीनामा दिएकी छन् ।  

भारतबाट घुम्न गएकी ३४ वर्षकी एक महिलाको पोर्चुगलमा एउटा अस्पतालबाट अर्कोमा सार्ने क्रममा हृदयघात भएर मृत्यु भएको बताइएको छ । लगत्तै स्वास्थ्यमन्त्री टेमिडोले पदबाट राजीनामा दिएकी हुन् । यद्यपी उनीमाथि विगत केही महिनायता अस्पतालमा प्रसुति सेवा दिने कर्मचारी भर्ना गर्न नसकेको आरोप लागिरहेको थियो ।

डॉक्टर मार्टा टेमिडो सन २०१८ मा स्वास्थ्यमन्त्री बनेकी थिइन । पोर्चुगललाई कोरोना महामारीबाट उठाउन भूमिका खेलेकोमा उनको प्रशंसा भइरहेको थियो । तर पछिल्लो घटनाका कारण आफू पदमा बस्नुपर्ने कुनै कारण नदेखिएको भन्दै टेमिडोले पद छाडेको सरकारका तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।

स्थानीय संचारमाध्यमका अनुसार राजधानी लिस्बनको सान्ता मारिया अस्पतालमा बेड नपाएपछि ति महिलालाई अर्को अस्पताल लगिएको थियो । त्यहाँ पुगेपछि उनको मृत्यु भयो ।

तर उनको पेटमा रहेको शिशु भने अपरेसन गरेर निकालिएको छ । ७२२ ग्रामको उक्त शिशुको अहिले आईसीयूमा राखेर उपचार भइरहेको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved