पल शाहको मुद्दामाथिको बुधबारको सुनुवाइ स्थगित

नेपालभ्युज

पल शाहको मुद्दामाथिको बुधबारको सुनुवाइ स्थगित
फाइल तस्वीर

तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा  जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।

आज न्यायाधीश केसी अनुपस्थित हुँदा सुनुवाइ हुन सकेन । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved