हानारो कपमा नेपालले पाकिस्तानलाई ११-शून्यले पराजित गर्दै क्वार्टरफाइनलमा

नेपालभ्युज

हानारो कपमा नेपालले पाकिस्तानलाई ११-शून्यले पराजित गर्दै क्वार्टरफाइनलमा

कोरिया । जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा भएको हानारो कपमा  १६ देशका १६ टीमबीच भएको प्रतिसपर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ |

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए | अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलंकाले कम्बोडियालाई २-१ र मंगोलियाले सीआई एस नेशन्सलाई ४-१ ले हराउँदै ग्रुप ए बाट दोश्रो चरणमा प्रवेश गरेका छन् |

 

कोरियामा जारी उक्त प्रतिस्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ |


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved