नेप्सेमा २.१९ अंकको सुधार, कारोबार १ अर्ब मात्रै

नेपालभ्युज

नेप्सेमा २.१९ अंकको सुधार, कारोबार १ अर्ब मात्रै

काठमाडौं। मंगलबार सेयर बजारमा २.१९ अंकले सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको हो ।

नेप्सेमा सुधार भए पनि कारोबार रकम भने घटेको छ । मंगलबार बजारमा २९ लाख १४ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १७ हजारको कारोबार भएको छ । सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार हुँदा आइतबार २ अर्ब माथिको कारोबार भएको थियो ।

नेप्सेमा सामान्य सुधार हुँदा उपसूचकमा भने घटबढ देखिएको छ । बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी र बीमा उपसूचकमा गिरावट हुँदा विकास बैंक, लघुवित्त, उत्पादनमूलक लगायत उपसूचक भने बढेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved