अर्थमन्त्री शर्माले भेटे डा. रुइत, तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा सघाउने

नेपालभ्युज

अर्थमन्त्री शर्माले भेटे डा. रुइत, तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा सघाउने

काठमाडौं । तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् । आइतबार मन्त्रालयमा अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसंग भेट गर्दै सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको मन्त्री शर्माले बताएको उनका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिए ।

भेटको क्रममा गौशालामा रहेको हालको अस्पताल परिसर साँघुरो भएको तथा अस्पतालको सेवा विस्तारकालागि हेटौँडामा संरचना निर्माण गर्ने योजना रहेको रुइतको टोलीले जानकारी दिएको धितालले बताए । त्यसका लागि टोलीले अर्थ मन्त्रालयसँग सहयोग माग गरेको थियो । भेटमा मन्त्री शर्माले मन्त्रालय सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

‘अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र होइन धेरै देशमा निर्यात हुँदो रहेछ’, मन्त्री शर्माले भने, ‘नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने देखियो । हामी छलफल गरेर के कति सहयोग गर्न सकिन्छ, गरौँला ।’

अस्पतालले हाल आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखालगायतका सेवा प्रदान गर्दै आइरहेको छ । यसैगरी विभिन्न मुलुकका प्रशिक्षार्थीहरूले विशेषज्ञ तालिमसमेत लिने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved