विश्वविद्यालयलाई नेविसंघबाट बचाउन माग गर्दै उपकुलपतिले गरे पत्रकार सम्मेलन

नेविसंघको नाममा एक जत्थाले विश्वविद्यालयमा तालाबन्दी गर्ने, धम्की दिने, प्राध्यापकमाथि कुटपिट गर्ने, तोडफोड गरेर आतंक सिर्जना गर्ने जस्ता काम गर्दै भएको उपकुलपति बाँस्कोटाले बताएका छन् । पत्रकार सम्मेलन गर्दै गर्दा पनि कीर्तिपुर परिसरमा नेविसंघ, अनेरास्ववियू र प्रहरीबीच झडप भएको थियो । पत्रकार सम्मेलन गर्न पदाधिकारी विश्वविद्यालय पुग्दा नेविसंघले विरोध गरेको थियो भने अनेरास्ववियूले समर्थनमा त्यसको प्रतिकार गरेको थियो ।

नेपालभ्युज

विश्वविद्यालयलाई नेविसंघबाट बचाउन माग गर्दै उपकुलपतिले गरे पत्रकार सम्मेलन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपुकलपति धर्मकान्त बाँस्कोटाले सत्तारुढ दलकै भातृ संगठनका कारण विश्वविद्यालय संचालन गर्न समस्या भएको भन्दै सुरक्षा माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर उपकुलपति बाँस्कोटाले पदाधिकारी, प्राध्यापक र कर्मचारीलाई सत्तारुढ दल निकट विद्यार्थी संगठनबाट बचाउन माग गरेका हुन् ।

सत्तारुढ कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले कार्यकारी परिषद् बैठकको फाइल लगायत कागजात नियन्त्रणमा लिएको थियो । पत्रकार सम्मेलनका क्रममा पनि नेविसंघका कार्यकर्ताले प्रदर्शन र हुल्लडबाजी गरेका थिए ।  विश्वविद्यालयले शान्ति सुरक्षाको व्यवस्था मिलाईदिन गृह मन्त्रालयसँग आग्रह गरेको छ ।

नेविसंघको नाममा एक जत्थाले विश्वविद्यालयमा तालाबन्दी गर्ने, धम्की दिने, प्राध्यापकमाथि कुटपिट गर्ने, तोडफोड गरेर आतंक सिर्जना गर्ने जस्ता काम भएको उपकुलपति बाँस्कोटाले बताएका छन् । पत्रकार सम्मेलन गर्दै गर्दा पनि कीर्तिपुर परिसरमा नेविसंघ, अनेरास्ववियू र प्रहरीबीच झडप भएको थियो । पत्रकार सम्मेलन गर्न पदाधिकारी विश्वविद्यालय पुग्दा नेविसंघले विरोध गरेको थियो भने अनेरास्ववियूले समर्थनमा त्यसको प्रतिकार गरेको थियो । दुवै संगठनले आफ्ना केही कार्यकर्ता घाईते भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा सहभागी प्राध्यापक कर्मचारीले पनि नेविसंघका कारण विश्वविद्यालयको अवस्था नाजुक भएको भन्दै सुरक्षाको माग गरेका थिए । नेविसंघले उपकुलपतिमा बाँस्कोटा नियुक्ति भएदेखि नै विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको छ । गत वैशाखमा उपुकलपति कार्यालयमा गरिएको तालाबन्दी ५ महिनापछि खुलेको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved