बालेनलाई बस्नेतको कटाक्ष- डोजर आतंक मच्चाए काठमाडौँ बस्नलायक रहँदैन

नेपालभ्युज

बालेनलाई बस्नेतको कटाक्ष- डोजर आतंक मच्चाए काठमाडौँ बस्नलायक रहँदैन

काठमाडौं ।  नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले डोजर आतंक मच्चाए उपत्यका बस्नलायक नरहने भन्दै कटाक्ष गरेका छन् ।

शनिबार काठमाडौँको  एक कार्यक्रमलाई सम्बोधन गर्दे  नेता बस्नेतले यस्तो कटाक्ष गरेका हुन् । बस्नेतले अवैध संरचनामा मच्चाइएको  डोजर आतंकले काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा ध्वंस नगरी निर्माणबाटै  सुन्दर बस्ती बनाएको दाबी गर्दै उनले निर्माणबाट नै सुन्दरता ल्याएको  हेर्न आफ्नो निर्वाचन क्षेत्रमा जान मेयर साहलाई आग्रह गरे ।

‘नक्सा पास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौँभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडे भने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ।’ उनले भने ।

‘मिडियाका चार हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानुन मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ’, उनले भने- ‘मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved