नेपाल समाजवादी पार्टीको केन्द्रमा ९८ जना मनोनित, यस्ता छन् अन्य निर्णय

मङ्सिर ४ गते हुने सङ्घीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एमपी रिजाल, डा. जनक शाह, ई. नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय  समिति बनाइएको छ ।

नेपालभ्युज

नेपाल समाजवादी पार्टीको केन्द्रमा ९८ जना मनोनित, यस्ता छन् अन्य निर्णय

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले विभिन्न निर्णय गरेको छ । डा. बाबुराम भट्टराईको अध्यक्षतामा हालै बसेको बैठकले केन्द्रीय समितिमा ९८ जनालाई मनोनित गरेको छ ।

९३ सदस्यीय राजनीतिक समिति बनाउनुका साथै गोविन्दप्रसाद चौधरीलाई सहध्यक्षमा मनोनित गरिएको छ । केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्ण प्रसाद शर्मालाई जिम्मेवारी तोकिएको छ ।

बैठकले केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिएको छ ।

यसैगरी समाजवादी थारू संघको इन्चार्जमा गोविन्दप्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी-दलित महासंघको इन्चार्जमा दुर्गा सोव, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो. इजरायल अहमदलाई जिम्मेवारी तोकिएको छ ।

मङ्सिर ४ गते हुने सङ्घीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एमपी रिजाल, डा. जनक शाह, ई. नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय  समिति बनाइएको छ ।

अध्यक्ष महिन्द्र राय यादव संयोजक र सहध्यक्ष गंगा श्रेष्ठ सहसंयोजक रहनेगरी सबै केन्द्रीय पदाधिकारी, प्रदेश इन्चार्ज र विभागीय प्रमुख रहेको निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

पार्टी निर्माण र मङ्सिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर सबै प्रदेशमा कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेश एकको इटहरी र सुदूरपश्चिमको धनगढीमा भदौ २० गते, मधेसको जनकपुरधाम र कर्णालीको सुर्खेतमा २२ गते, लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा २४ तथा  काठमाडौंमा २५ गते कार्यक्रम तय गरिएको पार्टीका अध्यक्ष डा‍. बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved