युक्रेनको रेल स्टेशनमा रुसी आक्रमण, २२ जनाको ज्यान गयो

पूर्वी सहर चाप्लिनेमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको गाडीमा जलेर मृत्यु भएको बताइएको छ जसमा एक ११ वर्षीय बालकको पनि रहेका छन् ।

नेपालभ्युज

युक्रेनको रेल स्टेशनमा रुसी आक्रमण, २२ जनाको ज्यान गयो
तश्वीर: रोयटर्स

कीभ। रुसले युक्रेनको रेल स्टेसनमा गरेको रकेट आक्रमणमा २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ । पूर्वी सहर चाप्लिनेमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको गाडीमा जलेर मृत्यु भएको बताइएको छ जसमा एक ११ वर्षीय बालकको पनि रहेका छन् ।

चारवटा यात्रुवाहक गाडीमा आगलागी भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ । गएको अप्रिलमा पनि रेल स्टेसनमा भएको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको बीचमा आक्रमणको जानकारी दिएका थिए । रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रुसले नागरिक लक्षित आक्रमण नगरेको बारम्बार दाबी गर्दै आइरहेको छ । बैठकमा संयुक्त राष्ट्र महासचिव एन्टेनियो गुटरेसले “अर्थहीन युद्ध” ले युक्रेन र बाहिरका लाखौं मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने बताएका छन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved