मकवानपुर क्षेत्र-२ मा एकीकृत समाजवादीबाट विरोध खतिवडा सिफारिस

नेपालभ्युज

मकवानपुर क्षेत्र-२ मा एकीकृत समाजवादीबाट विरोध खतिवडा सिफारिस
फाइल तस्वीर

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर दुईबाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी क्षेत्र नम्बर २ को बैठकले एकीकृत समाजवादीका नेता खतिवडालाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए ।

आसन्न चुनावका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर २ को एकीकृत समाजवादीले खतिवडाको एकल नाम सिफारिस गर्ने निर्णय लिएको हो ।
लगातार चारपटक चुनाव उठेर जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय भएको हो । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए ।

यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय भएको हो । राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ । यस्तै, प्रतिनिधिसभा २ को प्रदेश ‘क’ र ‘ख’ को लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश ‘क’ को अध्यक्ष किरणमान बलको अध्यक्षतामा बसेको बैठकले ‘क’ मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिकमै उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभाको ‘ख’ का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो । यस्तै, प्रदेशसभा ख मा प्रत्यक्षमा भुमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ, सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टलाई उम्मेदवार बनाउन नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलरअनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाका लागि एक महिला सदस्यसहित पाँच र प्रदेशसभामा एक महिलासहित चारजनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलरअनुसार पार्टीको बैठकले निर्णय गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved